कर्णालीमा आत्महत्या भयावह बन्दै


प्रतिमा परियार
कर्णाली प्रदेशमा लकडाउनको अवधिमा ९१ जनाले आत्महत्या गरे । यही तथ्याङ्कले पनि कर्णालीमा आत्महत्याको अबस्था भयावह बन्दै गईरहेको चित्रण गर्दछ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आत्महत्या गर्नेमा सुर्खेतमा ३८ जना, दैलेखका १५ जना, रुकुमका १० जना, सल्यान २४ जना, जुम्लाका ३ जना र डोल्पाका २ जना रहेका छन् । लकडाउनकै बीचमा क्वारेन्टाइनबाट फर्किएकाले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । मानसिकरुपमा चिन्ता, गरिबी, अशिक्षा, घरेलुहिंसा, दीर्घरोग लाग्नु, पारिवारिक झगडा, काममा सफलता नपाउनु जस्ता कारणले आत्महत्याका घटना हुने गरेका छन् ।
अधिवक्ता दुर्गाप्रसाद सापकोटा अशिक्षा, डिप्रेसन र गरीबी आत्महत्याको मुख्य कारण भएको बताउँछन् । ‘डिप्रेसन नै आत्महत्या हो, कोही गरीबीका कारण, कोही मानसिक तनावका कारण तथा कोही चेतनाको अभावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको देखिन्छ,’ उनले भने, ‘सबैभन्दा पहिले मानिस सचेत प्राणी आफैं मर्नु हुँदैन भन्नेबारे सचेत हुनुपर्छ ।’
के हो आत्महत्या
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
आत्महत्याको कारण
महान् सामाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त निकै चर्चित छ । अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका बारेमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर यहाँ उल्लेखनीय कुरा के भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ ।
वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक रोगहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन । डा। ढुंगानाका अनुसार १५ देखि २० प्रतिशत डिप्रेसनका रोगीहरूले आत्महत्याको प्रयास गर्छन् ।
डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् । गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि । परीक्षामा असफलता । प्रेममा बिछोड तथा असफलता । कष्टदायक वैवाहिक जीवन । अवैध गर्भ ।

व्यापार(व्यवसायमा घाटा तथा क्षति । धेरै ऋण । सामाजिक अपमान तथा बहिष्कार । आत्मसम्मानमा ठेस ९जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती आदि ।० । प्रियजन तथा आफन्तको मृत्यु । मानसिक अन्तद्र्वन्द्व। मद्यपान तथा दुव्र्यसन । पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता । यौन समस्या । दाइजोसम्बन्धी समस्या । घरेलु हिंसा तथा पारिवारिक कलह । बेरोजगारी तथा आर्थिक समस्या । बलात्कारको पीडा । आत्महत्याको पारिवारिक इतिहास आदि ।’

 


तपाईको प्रतिक्रिया