भदौ १ गतेदेखि ५ गते सम्म वीरेन्द्रनगरमा पनि निषेधाज्ञा

सुर्खेत, २९ साउन । भदौ १ गते देखी सुर्खेत वीरेन्द्रनगरमा पनी निषेधाज्ञा हुने भएको छ ।
विहिवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मील बताए ।
सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यमगरी सुर्खेत भित्रने बबई, कुइने, कालिमाटी काल्चेबाट सुर्खेत भित्रनेहरुले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै आउन दिने प्रजिअ रेग्मीको भनाई छ ।


तपाईको प्रतिक्रिया