१८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु

फाईल फोटो

धनगढी, २९ साउन । सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिकाका वडा नम्वर ५ का १८ बर्षीय किशोरको कोरोना संक्रमणबाट मुत्यु भएको हो ।
उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा बुधवार मृत्यु भएकोमा आज संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी मुटुरोगबाट ग्रसित थिए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाउपचारका क्रममा मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका (३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।
यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


तपाईको प्रतिक्रिया