वीरेन्द्रनगर मातहतका कार्यालयहरु ८ दिन सम्म बन्द हुने

सुर्खेत, २८ साउन । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले ८ दिन सम्म  सेवा प्रवाह र कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको नगर स्तरिय कोरोना रोकथाम तथा समन्वय समितिले नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरु यहि साउन ३० देखि आगामी भाद्र ५ गते सम्म बन्द बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।तर यस अवधीमा भने कोरोना व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई, फोहरमैला व्यवस्थापन र विपद व्यवस्थापन भने सुचारु हुने उनले बताए ।
नगरपालिकाले यसबाट जनतामा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै कोरोना भाइरसको संक्रमण न्यूनीकरणकालागि उच्च सतर्कता अपनाई अतिआवश्किय काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । साथै नगरबासीहरुमा चाडवाड र धार्मिक परम्परा संग सम्बन्धित भिडभाड हुने र असुरक्षित हुने गतिविधीहरु सञ्चालन नगर्न अनुरोध गरिएको ढकालले जानकारी दिए ।


तपाईको प्रतिक्रिया