मृगौला पीडित रानाको उपचारकोलागि आर्थिक सहयोग गरिदिन आग्रह


सुर्खेत ।
लेकवेशी नगरपालिका वडा नम्बर–४ का दुबै मृगौला फेल भएर मृगौला पीडित बनेका चन्द्रबहादुर रानाको उपचारकोलागि आर्थिक अभाव भएको भन्दै रानाको आफन्तले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन ।
साविक सुर्खेत जिल्लाको दशरथपुर गा.वि.स. टाडी घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर –५, मा बस्दै आएका रानाकोे दुबै मृगौला फेल भएको हुँदा उपचार गर्न आर्थिक समस्या परेको भन्दै आफन्तले आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन ।
आर्थिक स्थिति निकै कमजोर रहेका उनको उपचारकोलागि आर्थिक सहयोग गरिदिन बिरामीका आफन्त राम बहादुर राना भुसालले आग्रह गरेका छन । भुसालका अनुसार उनको अहिले बिर अस्पतालमा डाइलोसिस भैरहेको छ ।
पीडित रानाको उपचारकोलागि सहयोग गर्न चाहने ब्यक्तिहरुले ९८१०२४४११२ र आबश्यक परेको खण्डका ९८६८११६१४७ मा सम्पर्क गरि सहयोग गरिदिन पीडतका आफन्त  भुसालले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया