एमयुमा सबै सेमेस्टरको मिडटर्म परीक्षा भाद्र १९ भित्रै हुने


सुर्खेत,२१ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण सेमेष्टरका परीक्षाहरु यही भाद्र १९ भित्र सञ्चालन गरिसक्ने तयारी गरिएको छ । बुधबार केन्द्रीय क्याम्पसमा शिक्षण समितिका प्रमुखसंगको बैठकले हाललाई मिडटर्म अगाडि अनलाइन कक्षाहरु भाद्र १३ गते सम्म सञ्चालन हुने पनि निर्णय गरेको क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिनुभयो ।
साथै उहाँले सम्पुर्ण तह र सेमेस्टरको मिडटर्म परीक्षा सम्बन्धित शिक्षण समितीले मिक्स मोडेल (अनलाइन र अफलाइन) दुवै माध्यमबाट गर्ने समेत जानकारी दिनुभयो । मिडटर्म परीक्षा लगत्तै परीक्षा ब्यबस्थापन कार्यालयबाट सन्त्रान परीक्षाको तालिका पनि आउने सम्भावना भएकाले रुटिन बमोजिम आ(आफ्ना कोर्सहरु पूरा गर्न एवम् भर्ना भएका सम्पुर्ण विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी हुन समेत क्याम्पस प्रशासनले सबै शिक्षक तथा विद्यार्थीलाई अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया