खेलमा युवाहरुको सहभागिता बढाउछु, उपाध्यक्ष भुषाल


सुर्खेत, २० साउन ।
केम्पो खुकुरी मार्शल आर्टस् संघलाई सक्दो सहयोग गर्ने नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघ कर्णाली प्रदेशका उपाध्यक्ष राम बहादुर राना भुषालले बताएका छन् ।
मंगलवार नेपाल दर्शन डट.कम. संग कुराकानी गर्दै उपाध्यक्ष भुषालले कर्णली प्रदेशमा केम्पो खुकुरी मार्शल आर्टस् खेलमा युवाहरुको सहभागिता बढाउन गृहकार्य गर्ने बताए । खेलाडीलाई भन्दा पनि खेललाई प्राथमिकता दिएर अगाडि बढ्ने आफुहरुको मुख्य उदेश्य रहेको समेत उनले बताए ।
स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले खेलमा जोडिन पनी नयाँ पुस्तालाई उनले आग्रह गरेका छन् । केम्पो खुकुरी मार्शल आर्टस् खेलमार्फत नेपालीको शारीरिक तथा मानसिक विकास समेत हुने भएकाले यो खेल महत्वपुर्ण रहेको पनी उनको भनाई रहेको छ ।
सुर्खेत लेकवेशी नगरपालिका वडा नम्वर ३ स्थायी घर भएका भुषाल सानैदेखी खेल क्षेत्रमा रुची राख्ने गर्दथे । अहिले उनी लेकवेशी नगरपालिका वडा नम्वर ३ का जनप्रतिनिधी समेत हुन भने युवा संघ कर्णाली प्रदेशका पुर्व सदस्य समेत हुन ।


तपाईको प्रतिक्रिया