
काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो । आज थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।


दर्शन खबर । १९ श्रावण २०७७, सोमबार