१ सय ५१ स्थानीय तहले बजेट विवरण पठाएनन्


काठमाडौँ, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७÷७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १ सय ५१ स्थानीय तहले बजेट विवरण पठाएका छैनन् ।
अहिलेसम्म ६ सय २ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
पेश नगर्ने स्थानीय तहमा प्रदेश नं १ का २२ स्थानीय तह, प्रदेश नं २ का ६६ स्थानीय तह, वाग्मती प्रदेशका २० स्थानीय तह, गण्डकी प्रदेशका १० स्थानिय तह, प्रदेश नं ५ का ६ स्थानीय तह, कर्णाली प्रदेशमा ५ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा २२ स्थानीय तह रहेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता अधिकारीले भन्नुभयो मन्त्रालयले पुनःविवरण पठाउन निर्देशन दिएको छ । गत असार १० गतेभित्र सबै स्थानीय तहले आव २०७७र७८ को बजेट पेश गरेका छन् । स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया