सिटौलाले लिइन प्रतिनिधिसभाको समानुपातिक सांसद पदको शपथ


काठ्माडौ ।
जनता समाजवादीको तर्फबाट खस आर्य क्लस्टरबाट सांसद निर्वाचित भएकी लीलादेवी सिटौलाले प्रतिनिधिसभाको समानुपातिक सांसद पदको शपथ लिएकी छन् ।
बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई सांसद पदको शपथ ग्रहण गराएका हुन् ।
पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।
गिरीले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको र त्यसलाई संविधानको अनुसूचीमा समेट्न ल्याइएको संशोधन विधेयकको विरोध गरेकी थिइन् ।
संविधानको अनुसूची ३ मा रहेको निसान छापमा उक्त नक्सा राख्न विधेयकमाथि मतदान भएका दिन समाजवादीले पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको थियो । त्यसलाई गिरीले अस्वीकार गरेकी थिइन् ।
ललितपुर स्थानीय घर भएकी सिटौलाको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया