समयमै काम नसक्ने निर्माण कम्पनी कालो सुचिमा

प्रतिमा परियार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको कटकुवा स्वास्थ्य चौकी भवन जीएम कन्स्ट्रक्सनले दुईवर्षमा काम सक्नेगरी २०६८ मा सम्झौता गरेको थियो । सम्झौता भएको ८ वर्ष बितसकेपनि अmझै निर्माण हुन नसकेपछि शहरी विकास तथा भवन निर्माण विभाग सुर्खेतले जीएम कन्स्ट्रक्सन सँग सम्झौता रद्द गरेर नयाँ सम्झौता गरेको छ ।
भवन निर्माण विभागले गत असारमा केआर बिल्डर्ससग कटकुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि नयाँ सम्झौता गरेको जनाएको छ । विभागका अनुसार ८८ लाख ७७ हजार रुपैयाँ लागत रकम भवन निर्माणका लागि तोकिएको छ ।
यसैगरी जिएमले नै निर्माणको जिम्मा लिएको सुर्खेत कारागारको भवन र जाजरकोटको दल्ली स्वास्थ्य चौकीको भवन निर्माणको कामपनि लामो समय अलपत्र परेपछि उक्त सम्झौता पनि रद्द भयो । निर्माण कम्पनीले दुई वर्षभित्र १ करोड १ लाख ५३ हजारमा कटकुवा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेपनि काम हुन सकेन । कम्पनीले ठेक्का रद्द हुनुभन्दा अगाडिसम्म ५३ लाख ७४ हजार भुक्तानी लिईसकेको विभागले जनाएको छ ।
सोही कम्पनीले नै सुर्खेत कारागार भवन पनि अलपत्र छाडेर भाग्यो । ठेकेदार सम्पर्कविहीन भएपछि कारागारको नयाँ भवन निर्माणको काम करिब ९ वर्षसम्म अलपत्र भयो । जीएमले २०६६ असार २८ गते २ करोड ३६ लाख ९८ हजारमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेपनि बिचैमा काम अलपत्र पा¥यो । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार कम्पनीले १ करोड ७७ लाख ४३ हजार भुक्तानी लिइसकेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभागले गरेको सिफारिसका आधारमा जिएमलाई दुई वर्षसम्म सार्वजनिक निकायका कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने गरी कालो सूचिमा राखेको छ ।
ठेक्का रद्द भएका कम्पनीले पुरानो सम्झौता अनुसार लिएको भुक्तानी असुलउपरका लागि सो कम्पनीको सम्पत्तिको स्रोत विभागले खोज्नुपर्ने हुन्छ । विभागले स्रोत पत्ता लगाई कोसी तोस खाना काठमाडौंमा पठाइ सोहीमार्फत असुलउपर गराइने शहरी विकास तथा भवन निर्माण विभाग सुर्खेतका सवईन्जिनियर बुढाले बताउनुभयो ।
९ वर्षअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको कार्यक्रमबाट कारागार भवन निर्माणको काम सुरु भएको कार्यालयका इन्जिनियर टिकाराम पोखरेलले बताउनुभयोे । उहाँका अनुसार निर्माण कम्पनीलाई बारम्बार कामगर्न ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि कालो सूचीमा राखिएको हो । नयाँ कम्पनीसँग निर्माणको सम्झौता गरेको इन्जिनियर पोखरेलले जनाउनुभयो । उहाँले २ करोड १४ लाख ५७ हजार लागतमा प्राकृतिक÷हाम्रो जेभीसँग आगामी वर्ष कात्तिक मसान्तसम्म काम सक्नेगरी सम्झौता गरिएको बताउनुभयो ।
पछिल्लो तीन वर्षमा ३२ स्वास्थ्य भवन सम्पन्न गरी हस्तान्तरण गरिसकेको इन्जिनियर पोखरेलले जनाउनुभयो । उहाँका अनुसार अहिले ५ जिल्लाका ४० आयोजनामा काम भइरहेको छ । सरकारी स्तरका सभाहल (सुर्खेत) र एकीकृत सरकारी कार्यालय (रुकुम पश्चिम) को काम पनि कार्यालयबाटै भइरहेको उहाँले जनाउनुभयो ।
विभागले अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको पुरानो ठेक्का पनि रद्द गरेको छ । करिब सात वर्ष सम्म केन्द्रको भवन निर्माण अलपत्र पार्ने फ्रेन्ड्स कन्स्ट्रक्सन, काठमाडौंलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको हो । कन्स्ट्रक्सनले २ करोड ५० लाख ४६ हजारमा ठेक्का सम्झौता गरेकोमा ५९ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । इन्जिनियर पोखरेलका अनुसार ठेकेदारले काम नगर्दा नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया