मानव अधिकारको प्रत्याभुति हुने गरी कानुन निमार्णमा जोड

सुर्खेत  १४ असार
वीरेन्द्रनगरनगरपालिकाले नगरवासीले मानव अधिकारको प्रत्याभुति हुने गरी कानुन निमार्ण गर्नुपर्नेमा जोड दिईएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत आइतवार गते आयोजना गरेको मानव अधिकारको सुदृढिकरणमा जनप्रतिनिधी र कर्मचारीहरुको भुमिका तथा दायित्व विषयक कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
सहभागीहरुले कानुन निमार्ण र कार्यान्वयन गर्ने सवालमा यस कार्यक्रमले पुर्नताजगी बनाएको र भौतिक रुपमा उपस्थित नभएपनि भर्चुअल मार्फत जनप्रतिनिधी र कर्मचारीहरुलाई आफनो जिम्मेवारी तथा भुमिकाप्रति उत्तरदायी बन्न सचेत पारेको औंल्याएका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बन्दबन्दीको (लकडाउन) समयमा पनि इन्सेकले वीरेन्द्रनगर नपाको मानव अधिकार सुदृढिकरणका लागि भर्चुअल मार्फत वीरेन्द्रनगर नपासँग नियमित सहकार्य गर्दै आएकोप्रति खुशी व्यक्त गरे । आगामी दिनमा पनि इन्सेकसँग सहकार्य र समन्वय गरी नगरबासीलाई मानव अधिकारको प्रत्याभुति हुने गरी कानुन कार्यान्वयनमा लागिपर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गरे ।
वीरेन्द्रनगर नपाका वरिष्ठ अधिकृत प्रकाश पौेडेलले मानव अधिकारमैत्री कानुन निमार्ण गर्नेतर्फ वीरेन्द्रनगर नपा प्रयासरत रहेको चर्चा गर्दै समानुपातिक सहभागिता र समावेसिताको आधारमा कानुन निमार्ण गरिने बताए । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपप्रध्यापक ललितजङ्ग शाहीले मानव अधिकार सुदृढिकरणका लागि वीरेन्द्रनगर नपाको मानव अधिकारका अवस्था र सवाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
इन्सेक केन्द्रीय कार्यालय पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले नौ ठुला महासन्धी। राष्ट्रिय कानुनहरुको आधार तथा स्थानीय जनताका आधारभुत आवश्यकतालाई प्रथमिकतामा राखी कानुन निमार्ण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । वीरेन्द्र नगर नपाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको उद्देश्य माथि इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया