मदन भण्डारीको सम्झनामा सुर्खेतमा रक्तदान र वृक्षरोपण

सुर्खेत, १४ असार ।
जनताको बहुदलिय जनवाद (जबज) का स्वर्गिय मदन भण्डारीको ६९ औं जन्म जयन्तीका अवसरमा सुर्खेतमा रक्तदान र वृक्षारोपन गरिएको छ ।
मदन भण्डारी फाउन्डेसन सुर्खेतको आयोजनामा आइतबार रक्तदान र मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुर्खेत जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो । फाउन्डेसन सुर्खेतका का.बा.अध्यक्ष टेकेन्द्र बस्नेतको अध्यक्षता र नेकपा केन्द्रीय सदस्यहरु नर बहादुर बिष्ट,झक बहादुर मल्ल र निरज आचार्य सहितको उपस्थितिमा आइतबार विहान रक्तदान गरिएको छ भने मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुर्खेत जिल्ला कमिटीको आयोजनामा दिउसो अम्बिकादेबि सामुदायिक बन गाग्रेतालमा विभिन्न जातका बिरुवाहरु रोपिएको छ । कार्यक्रम फाउन्डेसन कर्णाली प्रदेश सचिब कुलमणी देवकोटाको प्रमुख अतिथ्यता र स्पोर्ट्स एकेडेमी सुर्खेतका अध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्ष्यतामा सम्पन्न भएको छ । कार्यक्रममा फाउन्डेसन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत,अनेरास्ववियुका सुर्खेतका संयोजक धुपेन्द्र शाही,सामुदायिक वन समितिका अध्यक्ष डिल्ली कंडेल, वीरेन्द्रनगर ११ का वडाध्यक्ष नन्दलाल शर्मा लगाएतको उपस्थिति रहेको थियोे । निकट भबिस्यमा उक्क्त स्थानमा मदन स्मृति बाटिका निर्माण गर्ने योजना रहेको प्रमुख अतिथि देवकोटाले बताएका छन् ।

तपाईको प्रतिक्रिया