कर्णालीमा ३८९ जनामा कोरोना संक्रमण, सबै भन्दा धेरै दैलेखमा

सुर्खेत, २२ जेष्ठ । कर्णली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८९ पुगेको छ ।
दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण भेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


दैलेखको नारायण नगरपालिकामा ६९ जना, देवलकाँडामा १२ जना, सोतमा ९ जना, मानटाकुरामा ७ जना, साडुमा २ जना, भवानीमा ५ जना र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कर्णाली प्रदेशमा ११४ जनासहित यस अघिका २७८ जना गरी कुल ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट निकालिएको रिपोर्ट अनुसार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा कोरोना देखिएका नारायण नगरपालिकाका ३ जना, नौमुले गाउँपालिका ५ जना गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया