सुर्खेत, १६ जेठ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले संघीय सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट मार्फत कर्णालीलाई उचित सम्बोधन गरेको बताएका छन् ।
बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको बजेटबारे प्रतिक्रिया दिँदै राज्यमन्त्रि रावतले आगामी आ.ब.को बजेट कर्णाली मैत्री भएको बताए । साथै समग्रमा बजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएको बताए । ‘आगामी आ.ब.को बजेटले कर्णालीलाई उचित सम्बोधन गरेको छ’, नेपाल दर्शनसंगको कुराकानीमा उनले भने,‘कोभिड लगायत संक्रामक रोग नियन्त्रण सहित स्वास्थ्यलाई पहिलो प्राथमिकता तथा कृषि उत्पादन, खाद्य आपूर्ति, रोजगारीमा केन्द्रित छ ।’ सरकारमा सहभागी मन्त्री, संघीय सांसदका प्रतिनिधि र प्रदेश सरकार लगायत सबैको पहलबाट कर्णाली प्रदेशका योजनाहरुले प्राथमिकता पाएको बताउँदै उनले अब यसको कार्यान्वयनमा ध्यानदिनुपर्ने बताए ।
संघीय सरकारको तर्फबाट अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा समेटेका कर्णाली प्रदेशका मुख्य योजनाहरु निम्नानुसार छन् ः
कर्णाली कोरिडोर निर्माण
भेरी कोरिडोर निर्माण
सुर्खेत कोहलपुर सडक चार लेन
राप्ती राजमार्ग स्तरोन्नति
सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति,
सुर्खेत दैलेख सडक स्तरोन्ती
नाग्मा गमगढी नाग्चेलाग्न सडक स्तरोन्नती
गमगडी रारा सडक निर्माण
हुम्ला सदरमुकामसम्म एक बर्षमा सडक पु¥याउने
सुर्खेतको विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा स्तरोन्नति
प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी
सरुवा रोग अस्पताल योजना
भेरी बबई बहु–उद्धेश्यीय परियोजना
सुर्खेतका बाढी पीडितहरुलाई सुरक्षित आवास
जगदुल्ला र नलगाड विद्युत आयोजना
कर्णाली भेरी लिफ्ट खानेपानी
कर्णाली नदी तथा जलाधार संरक्षण
जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम
सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन उद्योग
रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना
एक प्रदेश एक पर्यटकीय गन्तब्य
कर्णाली बाल संरक्षण कार्यक्रम
कवर्ड हलसहित खेलकुद पूर्वाधार विकास
उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना
हुम्ला यारी नाका व्यवस्थापन
विधि विज्ञान प्रयोगशाला स्थापना
काँक्रेबिहारको धार्मिक विकास



दर्शन खबर । १६ जेष्ठ २०७७, शुक्रबार