
सुर्खेत, १५ जेठ ।
सुर्खेतको लेकवेशी नगरपालिकाकी एक आठ बर्षिया बालिका माथि बलात्कार भएको आरोपसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत भरत शाहका अनुसार जेठ १२ गते विहान दश बजेको समयमा वडा नं. सातमा रहेको भेरी नदि नजिकैको ओढारमा बालिकालाई लगि बलात्कार गरेको भन्ने आरोप सहितको मुद्दा दर्ता भएको छ । बलात्कार आरोपी सोही वडा नं. ७ कुइरेगाउँ निवासी ४४ वर्षीया रहेको उनको भनाई छ । ‘मुद्दा दर्ता भइसकेको छ । अहिलेसम्म बलात्कार आरोपी फरार रहेका छन् ।’ उनले भने, ‘खोजी कार्य जारी छ ।’


दर्शन खबर । १५ जेष्ठ २०७७, बिहीबार