सुर्खेत, १४ जेष्ठ ।
रुकुम पश्चीम चौरजहारीको सोती घटनामा वेपत्ता भएका ३ जना मध्य १ जनाको शव बुधवार फेला परेको छ । जाजरकोट भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव भेटिएको हो ।
नवराज विक सहित ४ जनाको शव फेला परेको छ । भने २ जना अझै बेपत्ता रहेका छन् उनिहरुको गोताखोर टोलिले खोजी जारी राखेको छ । बेपत्ता हुनेमा जाजरकोट भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी बताए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गाउँका स्थानीयले आक्रमण गरि घाईते बनाई भेरी नदिमा लखेटेका थिए ।
गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो ।
त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका हुन् ।
घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ ।
गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ ।
२० जनाविरुद्ध किटानी जाहेरी
पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको जातीय विभेद घटनाका पीडितले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
घटनामा सलंग्न भएका वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, आफन्त सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा सम्बन्धमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन । जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठका अनुसार दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेका छन । साथै उनीहरुले तत्काल दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि गरेका छन ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएका छन । पीडितको मागलाई सम्बोधन गरेपछि मृत्तक तीन जनाको पोष्टमार्टम गरिएको छ ।
प्रहरीले घटनालगत्तै वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।




दर्शन खबर । १४ जेष्ठ २०७७, बुधबार