
सुर्खेत, १४ जेष्ठ । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित भेटिएका हुन् ।
यस अघि २३ जनामा संक्रमण पुष्टी भएको थियो । आज पुष्टि भएका संक्रमितको विवरण खुलाइएको छैन् ।
यसभन्दा अघि कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिए । सङ्क्रमितहरूमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगङ्गा नगरपालिका २ पुरुष र सिम्ता गाउँपालिका–४ का सुर्खेतका दुई पुरुष रहेको उनले बताए ।
भारतबाट आएका उनीहरूलाई मङ्गलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चको क्वारेन्टाइनमा रहेकाबाट स्वाब लिइ पिसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।


दर्शन खबर । १४ जेष्ठ २०७७, बुधबार