साढे ८ करोडको लागतमा चौकुनेमा खानेपानी आयोजना सुरु

सुर्खेत । सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकामा साढे ८ करोडको लागतमा बृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
चौकुने गापालिका वडा न ९ र १० अर्थात साविकको घाटगाउँमा आयोजना निर्माण सुरु भएको हो ।
कर्णालीको पानी सोलारवाट लिफ्ट गरेर घाटगाउँका ७ सय घरपरिवारको घरघरमा धारा जडान गरिनेछ ।
२०७६ साल चैत्र महिनाभित्र खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने योजनाका साथ निर्माणको काम भैइरहेको घाटगाउँ बृहत खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष गोरखबहादुर शाहीले बताए ।
पानी लिफ्टको लागि अहिले कर्णाली नदिको किनारमा सम्प वयल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सम्प वयलबाट प्रति सेकेन्ड साढे चार लिटर पानी तानेर एक हजार तीन सय मिटर माथी रहेको तामाधारा खोलाको किनारको टंकीमा जम्मा गरिने छ ।
पानी जम्मा गर्न डेढरडेढ लाख लिटर क्षमताका इन्टर कनेक्टेड दुई वटा टंकीमा निर्माणको काम पनि सुरु गरिएको छ ।
पानी तान्न २३ किलोवाटको सोलार समेत जडान गरिएको छ ।
क्रमागत योजनाको रुपमा रहेको खानेपानी आयोजना निर्माण गर्न चौकुने गाउँपालिकाले ५० लाख रुपैया विनियोजन गरेको थियो ।
भने म्चाचिङ्ग फन्टको रुपमा प्रदेश सरकारले २० लाख दिएको छ ।
प्रदेश सरकारले दिएको रकममा ४० प्रतिशत रकम गाउँपालिकाले थप गरेको छ ।
यस्तै संघिय सरकारले दिएको १५ लाख रुपैयामा पनि गाउँपालिकाले ६० प्रतिशत रकम म्चाचिङ्ग फन्टको रुपमा हालेर खानेपानी निर्माणको काम सुरु गरेको छ । खानेपानी आयोजना निर्माणको लागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष तथा सुर्खेत खानेपानी उपभोक्त संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आवश्यक सल्लाह, सुझाव र मार्ग निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया