सिम्तामा १ सय १ जनालाई क्वारेन्टाईनमा राखियो


सुर्खेत, ०९ जेष्ठ । सिम्ता लगाएत आसपासका पालिका घर भएका भारतबाट आएका १ सय १ जना नागरिकहरुलाई सिम्ता सरकारले क्वारेन्टाईनमा राखेको छ ।
सिम्ता गाउपालिका र जलवादेवि निर्माण सेवाको पहलमा सुरक्षीत उद्धार गरिएका १ सय १ जना सिम्ताली युवाहरूलाई क्वारेन्टाईनमा राखिएको हो ।
भारतको विभिन्न ठाउँबाट आएर सुर्खेत र बाँकेको सिमाना बबईमा अलपत्र परेका सिम्ता गाउँपालिका वडा नम्वर १ का २ जना, २ का २ जना, ३ का १३ जना,४ का २६ जना, ५ का २ जना, ६ का ३४ जना, ७ का ८ जना, ८ का ४ जना र वडा नं ९ का १ जना लगाएत अन्य चिङ्गाड गापा,शिवालय गापा र छेडागाड नगरपालिकाका गरि १०१ जना सुरक्षित उद्धार गरि क्वारेन्टाइन राखिएका गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए ।
भानु मावि बजेडिचौरको क्वारेन्टाइनमा ४२ जना राखिएको छ भने बाकिलाइ बागेश्वरी मावि राकममा राखिएको छ ।

तपाईको प्रतिक्रिया