बाहिरबाट नागरिक ल्याउँदा सजक नभए जटिलता थपिन सक्छ

जनक खड्का । बिश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड १९) ले नेपालमा पनि लकडाउन भएको करिब दुई महिनापछी बिभिन्न जिल्लाहरुमा अप्रत्याशित रुपमा संक्रमीत बढ्दा सबैलाई शसंकित बनाएको छ ।
झन क्वारेन्टाइनमा नबसेका नागरिक , पत्रकार , स्वास्थकर्मि समेतलाई संक्रमण देखिनु राम्रो संकेत होईन । नेपालमा पनि भयभह अवस्था सिर्जना नहोला भन्न सकिन्न । महामारीकै रुप लिन पनि सक्छ । कोरोना भाइरसले गर्दा भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूको समस्या बढ्दो छ । कुनै देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न समेत थालेका छन् भने भारतमा रहेकाहरू सीमा नाकामा आउन थालेका छन् ।
श्रम स्वीकृत बिना, बैधानिक रुपमा भारत नगएका कारण सबैभन्दा बढि भारतमा रहेका नेपाली समस्यामा परेका छन । भारतमा रहेका नेपालिलाई भारत सरकारले कोहि पनि भोकै मर्ने अबस्था आउदैन , खाद्यान्न तथा राहत कुनै कमि हुदैन भनेर नेपाल सरकारलाई प्रतिबद्धता जनाएपनि अवस्था त्यस्तो छैन ।
खाद्यसामाग्री प्राप्त गर्न सकेका छैन, त्यहाँ राहत माग्दा अपमान सहनु परेको छ , विभिन्न ठाउँमा दुव्र्यवहार भएको छ । तिमिहरुलाई कस्ले बोलायो भन्ने गरेका छन । कसैले पनि जिम्मेवार लिने गरेको छैन । अन्य देश रहेका नेपालिहरु कोरोनाको जोखिम भयपनी भोकभोकै मर्ने अबस्था आउदैन तर भारतमा रहेका नेपाली भोकभोकै मर्ने अबस्था आउन सक्छ । अझ सयौंको संख्यामा एउटै कोठामा बस्नुपर्ने , एउटै ट्वाईलेट प्रयोग गर्नुपर्ने हुदा कोरोनाको उच्च जोखिममा छन । भारतले क्वारेन्टाइनमा राखेका नेपालिलाई पनि सयौंको संख्या एउटै कोठामा राखेको छ एउटै चर्पी प्रयोग गर्ने गरि राखेको छ । गासवासको उचित ब्यबस्था नहुँदा र अपमान सहनुपर्दा जोखिम मोलेरै नेपालिहरु नेपाल आउने गरेका छन र आउछन । अर्को खुल्ला सिमा नाका र प्राप्त सुरुक्षा नहँुदा पनि विभिन्न स्थानबाट लुकिछिपी नेपाल छिर्न सक्छन । सरकारले लकडाउन गरेपछी पनि हजारौंको संख्यामा भारतबाट नेपालिहरु नेपाल आएका छन । नेपालको कोरोना संक्रमीत बढनु र कोरोनाको जोखिम बढनु भारतबाट लुकिछिपी आउने नेपाली नै हुन । यसरी नै लुकिछिपी आउने अबस्थामा हुने हो भने नेपालमा लकडाउन गर्नुको कुनै औंचित्य हुदैन । भारतमा रहेका करिब दुई लाख नेपाली नेपालमा आउन चाहान्छन , त्यसतै अन्य देशबाट पनि आउन चाहान्छ्न । उच्च जोखिममा रहेकालाई पहिचान गरि सरकारले योजनाबद्व नेपाल ल्याउनुपर्छ ।सरकारले तथ्यांक संकलन गरि योजना बनाएर विभिन्न देशमा रहेका नेपाली नागरिकलाई अबस्था अनुसार वर्गीकरण गरेर समबन्धित देशसङ्ग समन्वय गरि त्यहीँ स्वास्थ परिक्षण गरि नेपाल ल्याउने ब्यबस्था गर्नुपर्छ । संक्रमणको जोखिम कम र नेपाल भित्र नसर्ने वातावरण गराएर उच्च जोखिम रहेका र गासबासको ब्यबस्था नभएका नागरिकलाई नेपाल ल्याउन पहलकदमी चाल्नैपर्छ । नेपाल आउनबित्तिकै सिधा क्वारेन्टाइन १४ दिन राखेर नेगेटिभ रिपोर्ट आएकोलाई घर जाने ब्यबस्था गर्नु उपयुुक्त हुन्छ । भारतमा रेल्वे सेवा सुचारु हुदा झन नेपालिहरु धेरै सिमा सम्म आउने सीमामा उनिहरुलाई रोक्दा पनि लुकिछिपी नेपाल प्रवेश गर्ने र संक्रमणको जोखिम झन् बढ्ने संभावना हुन्छ । जोखिमपूर्ण ढंगले नेपाल आउने क्रमलाई रोकेर वैधानिक तरिकाबाट नेपाल छिर्न नेपालीका लागि सीमित र निश्चित नाका खुला गर्ने र अलपत्र परेका नेपालीहरूलाई ल्याउन सरकारले बेलैमा सोच्नुपर्छ । यस तर्फ सरकारको बेलैमा ध्यान जाओस् नत्र झन भयभह अबस्था सिर्जना हुन्छ । अबस्था निकै नै जटिल हुन सक्छ। सरकारी तथ्यांक अनुसार १५०००० आउन चाहेका नेपाल । लुकिछिपी आउँदा झन सबैसङ्ग सम्पर्क हुने हुदा कोरोनाको संक्रमण बढने संभावना हुने देखिन्छ।

तपाईको प्रतिक्रिया