सुर्खेत । लेकवेशी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन अपुग भएपछी काठमाडौँ लगायतका विभिन्न जिल्लाबाट उद्धार गरि ल्याईएका २६ जनालार्ई लेकवेशी नगरपालिकाले होम क्वारेन्टाईनमा पठाएको छ ।
केही दिनअघि काठमाडौँ लगायतका शहरबाट उद्धार गरेर ल्याईएका २६ जनालाई चेक जाँच गरि होम क्वारेन्टाईनमा पठाईएको नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कर्ण आचार्यले जानकारी दिए ।

यस्तै अहिले सम्म नगरपालिकाले ९३ जनालाई क्वारेन्टाईनमा राखेको छ । जस अन्तरगत खाँडदेवी मावी चौरासेमा ९ जना, जिवन ज्योती मावी दशरथपुरमा ४१ जना र लेखफर्सामा ४३ जनालाई क्वारेनटाईनमा राखिएको स्वास्थ्यकर्मी आचार्यले जानकारी दिए । होम क्वारेन्टाईनमा पठाईएकाहरुको हेरचाहका लागी सम्वन्धीत वडाका वडा अध्यक्षहरुलाई जिम्मा दिएको छ ।


दर्शन खबर । १६ बैशाख २०७७, मंगलवार