अमर बहादुर कार्की
बाबियाचौर, सुर्खेत
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले स्थानिय स्रोतबाट काम गर्दै आएका शिक्षकहरुका लागि विशेष योजना बनाउने बताएका छन् ।
शुक्रबार बिद्याज्योती माद्यामिक बिद्यालय पञ्चपुरी ५ को ३३ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले यस्तो बताएका हुन् ।
पञ्चपुरीको शिक्षाको बिकासका लागि व्यापक छलफल गरि शिक्षा नियमावली बनाएको समेत उनले बताए छन् ।
साथै बिद्यालय संचालन गर्न निजि स्रोत बाट धेरै शिक्षकहरु लाई तलव दिनुपर्ने बाध्यता हटाएर स्रोतको खोजि गर्न सबैको पहल हुनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
लाटिकाडामा २०१२ सालमा जगत दर्लामीको पहलमा स्थापना भएको यस बिद्यालय ले आफ्नो स्थापना दिवस मनाएको हो ।
बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले आफ्नो बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बिद्यालयले आगमि शैक्षिक शत्रमा छात्रावासको ब्यवस्थापन गर्ने योजना समेत बनाएको छ ।
कार्यक्रम बोल्दै श्रोतब्यक्ति द्रोणराज पाठकले अभिभावकले पनि आफ्ना बालबालिका संग अभिभावक को मात्रै नभई शाथिको जस्तो व्यवहार गर्न आग्रह गरेका छन् ।
बिद्यालयले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई पुरस्कार तथा सम्मान गरेको छ ।
कार्यक्रम का अतिथि हरुले १ हजार भन्दा बढी छात्र छात्रा हरुलाई सक्षम बनाउन पहल गर्नुपर्ने बताएका छन ।
कार्यक्रम मम स्काउट को स्वागत मार्चपास तथा बिद्यालय का छात्र छात्रा हरुले सास्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।


दर्शन खबर । २१ बैशाख २०७६, शनिबार