काठमाडौ वैशाख २०रसमृद्धि नेपाल निमार्ण गर्ने उदेश्यका साथ सरकारले आगामी आर्थिक वर्ष २०७६ ७७को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रमहरू समृद्ध नेपाल, सुखी नेपाली नारालाई मध्यनगर गर्ने निति तथा कार्यक्रम ल्याइएको हो । मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दिगो विकास र पर्यावरणीय संरक्षण, शान्ति, सद्भाव, जस्ता बिषयलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम ल्याइएको हो ।
निति तथा कार्यक्रममा सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यमस्तरीय आय भएको मुलुक बन्ने, २१०० सम्ममा उच्च मध्यमस्तरीय आय भएको सभ्य, सुंस्कृत र विकसित मुलुक बनाउने उल्लेख गरिएको छ ।
यही वर्ष गौतमबुद्ध बिमानस्थल सञ्चालन
निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको बाकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२१कोसुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्य गर्ने लक्ष्य लिईएको छ ।
यसै वर्ष मेलम्चीको पानी
यस्तै निति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष्भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युतराष्ट्रिय प्रसारण लाइनमा जोडिने र बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइने बतँईको छ । भने आगामी आर्थिक वर्ष्भित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
कार्यक्रममा चार वर्ष्भित्र मध्यपहाडी लोकमार्ग,काठमाडौं–निजगढ दुतमार्गर हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न गरिने र आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्र्िगनर्माण कार्य सुरु गरिने भएको छ ।
आगामी वर्ष थप ५ लाख रोजगारी
निर्माण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने बताइएको छ ।आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्रहरूको निर्माण सुरु गरिनेछ ।आगामी चार वर्ष्भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।निर्यातमूलक उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र र अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना एवं विस्तार गरिने उल्लेख गरिएको छ ।
दैलेखमा पेट्रोलियम, जाजरकोटमा बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुको फलाम र मुस्ताङको युरेनियम खानी तथासम्भाव्य स्थानमा सुन खानी उत्खन
सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गर्ने र दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।
२०२० मा २० लाख पर्यटक
बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्षअभियान सञ्चालन गर्नुको साथै काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको प्रवर्द्धन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
चौबीसै घण्टा विमानस्थल सञ्चालन
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइनेछ । मौलिक परम्परा र संस्कृति झल्कने गरी यो विमानस्थललाई बुटिक अन्तर्रा्ष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिनेछ । उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गरिनेछ ।
बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा
निति तथा कार्यक्रममा बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषियोग्य जमिनमा सौर्य ऊर्जासमेत उपयोग गरी लिफट सिचाइ प्रणाली विकास गरिनेछ । काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्ज काठमाडौं र रसुवागढी – काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्ष्भित्र निर्माण कार्य सुरु गरिनेछ ।
सरकारले सबै उमेरका नेपाली नागरिकको सामाजिक संरक्षणका लागि बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवावस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्ने छ । आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइनेछ। योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र उपलब्ध गराइनेछ।
सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि
सामाजिक सुरक्षा योजनाबाट श्रमिक तथा कर्मचारीहरू औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा,जेष्ठ नागरिक सुरक्षासम्बन्धी सेवाबाट लाभान्वित हुनेछन ्। यस योजनाको दायरा क्रमशः बढाउँदै लगिनेछ।विभिन्न निकायहरूवाट प्रदान गरिने सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिनेछ । ्
देशभर विद्युतीय बस सेवा, चार्जिङ स्टेशन
काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आर्थिक वर्षदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ । विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ्ग स्टेशनहरू स्थापना गरिनेछ ।
दुई वषभित्र नेपाललाई साक्षर नेपाल घोषणा
्शैक्षिक क्षेत्र सुधारमा योगदान र्पुयाउन छुट्टै कोष खडा गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ । आगामी दुई वषभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिनेछ । शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टीकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी दुई वर्ष्भित्र सञ्चालनमा ल्याइनेछ ।
बीर अस्पतामा गुणस्तरिय सेवा
वीरअस्पताललाई अन्तर्रा्ष्ट्रिय गुणस्तरका सबै विशिष्टीकृत सेवासहितको उत्कृष्टताकोकेन्द्रको रूपमा विकास गरिनेछ । आगामी वर्षभक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवननिर्माण कार्यसुरु गरिनेछ ।
यसै वर्ष काठमाडौंको चोभारमा निर्माण प्रारम्भ गरिएको अन्तर्रा्ष्ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाह तीन वर्षिभत्र सञ्चालनमा ल्याई अन्तर्रा्ष्ट्रिय व्यापार सहज बनाइनेछ । दुई वर्ष्िभत्र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण कार्य सम्पन्न गरिनेछ ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ
सरकार गठन भएपछि निर्माण सुरुगरिएको अमलेखगञ्ज(रक्सौल(मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट आगामी वर्षदेखि पेट्रोलियम पदार्थ आयात गर्ने व्यवस्था गरिने छ।
काठमाडौं उपत्यकामा आगामी तीन वर्ष्िभत्र सम्पन्न हुने गरी सङ्घीय संसद भवन,राजकीय अतिथि गृह,मन्त्री निवास,प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय एवंनिवासहरूको निर्माण कार्य सुरु गरिनेछ ।
यसै वर्ष सुरु गरिएको धरहरा पुनर्निर्माण कार्य आगामी दुई वर्ष्िभत्र सम्पन्न गरिनेछ । पुरातात्विक सम्पदाहरूकोसंरक्षण हुने गरीपुनर्निर्माणको अधिकांश कार्य आगामी दुई वर्ष्भित्र पूरा उल्लेख गरिएको छ ।प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिनेछ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप मुलुकसग श्रम सम्झौता गरिनेछ। वैदेशिक रोजगारीलाई मयादित तथा सुरक्षित बनाइनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको व्यवसायजन्य स्वास्थ्य एवं सुरक्षा, बिमा, उचित पारिश्रमिक तथा सेवा सुविधा रोजगारदाताबाटै लागत व्यहोर्ने गरी गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गर्ने कार्यलाई बिस्तार गरिनेछ । ्
मूलपानीमा दुई वर्ष्भित्र अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान
काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानआगामी दुई वर्षिभत्र सञ्चालनमा ल्याइनेछ । निजी क्षेत्रको अग्रसरतामा हुनेक्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ।क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ ।
भष्ट्रचारलाई शुन्य शहनशिलता
सबै सार्वजनिक पदाधिकारीहरूलाई म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने प्रतिबद्धता आत्मसात् गरी सेवा प्रवाह गर्न निर्दे्शित गरिएको उल्लेख छ । भ्रष्टाचार हुन नदिन भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन निति तथा कार्यक्रममै उल्लेख गरिएको छ ।


दर्शन खबर । २० बैशाख २०७६, शुक्रबार