समाजसेवी खड्काले गाउँमै पुगी पिपिई र मास्क वितरण गरे

सुर्खेत, २३ चैत । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बाट बच्नको लागि युवा समाजसेवी हरिलाल खड्काले मास्क तथा पिपिई वितरण गरेका छन् ।
चिङ्गाड गाउँपालिका वडा नम्वर २ का बासिन्दा समेत रहेका खड्काले चिङ्गाड गाउँपालिकामा रहेका सवै स्वास्थ्य संस्थाहरुलाई १ थान पिपिर्ई र सुरक्षाकर्मि वडा कार्यालय तथा स्थानिय नागरिकहरुलाई गरी १२ सय मास्क समेत वितरण गरेको खड्काले बताए ।
खड्का एम्नेस्टी इन्टरनेसनल नेपाल लयर्स समूह ६९ सुर्खेतका संयोजक, साहारा ईङग्लिस मिडियम बोर्डिङ स्कुल गुर्भाकोट सुर्खेतका संचालक तथा प्याब्सन सुर्खेतका सहसचिव समेत रहेका छन् । यो अप्ठारो परिस्थितिमा आफुले थोरै भएपनि गाउँपालिकामा सहयोग गरेको समाजसेवी खड्काले बताएका छन् । उनले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने खड्काको विस्वास छ । अहिलेको यस्तो आपतकालिन अवस्थामा सहयोग गरेको भन्दै चिङ्गाड गाउँपालिका सुर्खेतले खड्कालाई धन्यावाद समेत दिएको छ ।

 

 


तपाईको प्रतिक्रिया