सात वर्ष सम्म पनी बनेन विद्यालयको भवन

युवराज पंगाली ।
सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर ६ मा रहेको बागेश्वरी माविको निर्माणाधिन एक भवन अलपत्र अवस्थामा रहको छ । आर्थिक वर्ष २०६८-०६९ मा निर्माण सुरु भएको भवन सात वर्ष विती सक्दा पनी अलपत्र अवस्थामा रहेको हो । भवन निर्माण सुरु गरि आधा काम भने भईसकेको छ र अहिले भवन ढलान तथा रङ्गरोगन भएको छैन । कुल २४ लाख लागतमा पहिलेको जिल्ला शिक्षा कार्यालयबाट निर्माणका लागी स्वीकृत भई काम सुरु भएको भवन हाल सम्म पनी बन्न नसको हो । बागेश्वरी मावि राकमकी प्रध्यानाध्यापक कौशिल्या देवी सिंहका अनुसार ठेकेदारले लापरवाहीले अहिले सम्म पनी भवन अलपत्र अवस्थामा रहेको हो । उनले आफुले २ लाख पचास हजार पेश्की रकम समेत ठेकेदार राजेन्द्र सिंहलाई दिएको बताईन् । अहिले निर्माणाधिन भवनको लागी आएको रकम करिव ३ लाख मात्र रहेको र बाँकि रकम कहाँ के भयो भन्ने कुरा आफुलाई थाहा नभएको सिंहले जानकारी दिईन् ।
विद्यालय भवनको काम अलपत्र अवसथामा रहेको र छिटो भन्दा छिटो काम गर्नका लागी विद्यालयलाई निर्देशन समेत दिएको सिम्ता गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत बुद्धी गौतमले बताए । यता शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख नारायण पौडेलले भने कार्यालयबाट कुल २४ लाख रकम भुक्तानी गरिसेको र उक्त रकम विद्यालय संग छ या ठेकेदार संग छ यसबारेमा आफुलाई थाहा नभएको पौडेलको भनाई रहेको छ । वडा सरकारले समय सयमा भवन निर्माणको काम तत्काल सुरु गर्न ताकेता गर्दा पनी विद्यालय र ठेकेदारलेनै लापरवाही गरेको सिम्ता गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राजेन्द्र सिंहले बताए । साथै अहिले सम्म पनी भवन निर्माण निर्माण सम्पन्न हुन नसक्नुमा विद्यालय प्रशासनको कमजोरी रहेको उनको भनाई रहेको छ ।
सिम्ता गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिती संयोजक समेत रहेकी चन्द्रकला शाहिले यस विषयमा कुनै पनी भनाई राख्न नचाहेको बताईन् । यता सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले उक्त विद्यालयको आर्थिक अधिकार गाउँपालिका संग नभएको भन्दै गाउँपालिकाको सरोकारको विषय नभएको बताए । विद्यालय निर्माणको जिम्मा लिएका राजेन्द्र सिंहलाई हामिले पटक पटक सम्पर्क गर्न खोज्दा पनी उनको मोवाईल फोन भने अफ रहेको छ ।

तपाईको प्रतिक्रिया