लेकवेशीमा एम्बुलेन्स सेवा सुरु


सुर्खेत । लेकवेशी नगरपालिका सुर्खेतले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात नगरपालिकाले जनप्रतीनीधहरुका लागी दुई गाडि खरिद गरे पश्चात विवादमा तानिएको नगरपालिकाले नगरवासिको स्वास्थ्यमा ख्याल राख्दै एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । एम्वुलेन्स सेवा संचालनमा आएपछी स्थानिय नागरिकहरु खुशी भएका छन् । एम्वुलेन्स खरिद प्रक्रियाको करिव ६ महिना पछी एम्वुलेन्स संचालनमा ल्याईएको नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्तेलले नेपाल दर्शनलाई जानकारी दिईन् । एम्बुलेन्स नगपालिका मार्फतनै संचालन हुने उनले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया