चेम्बर र घरेलुबाट राजस्व नीतिको तर्जुमा कार्यक्रम बहिस्कार

सुर्खेत
अर्थमन्त्रालय राजस्व परामर्स समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रम एकपक्षिय भएको भन्दै सुर्खेत चेम्बर अफ कमर्स लगायतले बहिस्कार गरेका छन । आर्थिक वर्ष २०७६÷०७७ कोे बजेट तथा राजस्व नीतिको तर्जुमा सम्बन्धमा गरिएको कार्यक्रम विवादित बनेको हो ।
२०७६÷०१÷१५ गतेको मितिमा च.नं. १३७२ को पत्रअनुसार सुर्खेत उद्योग बाणिज्य संघको हलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अर्थ मन्त्रालय काठ्माडौका शाखा अधिकृत जीवनाथ ज्ञवालीद्धारा जारी गरिएको पत्रमा नेपाल उद्योग बाणिज्य महाँसंघ टेकु, नेपाल उद्योग परिसंघ थापाथली, नेपाल चेम्बर अफ कमर्स कान्तिपथ, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन काठ्माडौ र नेपाल समुन्द्रपार निकासी पैठारी संघ टेकुलाई सो कार्यक्रममा सहभागिताकालागि अनुरोध गरिएको थियो ।
यस अनुरुप ती संगठनहरुले कर्णाली प्रदेशका आफ्ना मातहतका संघसंगठनहरुलाई कार्यक्रममा उपस्थिति जनाउन परिपत्र समेत गरेका थिए । तर कार्यक्रममा उपस्थित अन्य संगठनहरुको नाम समेत लिइएन । अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रमको सभापतित्व नेपाल उद्योग बाणिज्य महाँसंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले गरे भने स्वागत मन्तब्य सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गरे ।
राजस्व नीतिका बारेमा नेपाल उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्षबाट मात्रै प्रस्तुतिकरण भयो । ढिलोगरि सुरु भएको कार्यक्रम पुरै उद्योग बाणिज्य महासंघमय भयो । राजस्व सचिव, राजस्व विभागका महानिर्देशक र आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख मुकदर्शक बने ।
अर्थ मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा समेत उद्योग बाणिज्य संघको पुरै हालिमुहाली देखिएको र पुरै आयोजक महासंघनै देखिएको भन्दै विभिन्न संघ संगठनहरुले कार्यक्रम छोडि हिडे ।
राजस्व नीतिको तर्जुमा सम्बन्धमा भएको कार्यक्रममा समेत पुरै उद्योग बाणिज्य संघको हालिमुहाली देखियो । अन्य संघ संगठनहरुलाई सामान्य शिष्टाचार अन्तरगत आशनग्रहण समेत गराइएन ।
तत्पश्चात उपस्थित सुर्खेत चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन र घरेल् तथा साना उद्योग महासंघका सम्पूर्ण पदाधिकारी र सदस्यहरुले कार्यक्रम बहिस्कार गरि हिडे ।
कार्यक्रमको गतिविधि प्रति फ्लोरबाटै तिव्र असन्तुष्टि जनाउदै घरेलु महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले सचिव आफै उपस्थित कार्यक्रममा समेत यस्तो ब्यवहार देखिनु दुःखद भएको बताए । उनले यो कार्यक्रम अर्थ मन्त्रालयको हो या उद्योग बाणिज्य महासंघको हो भनि मन्त्रालयका सचिवलाई प्रश्न गरेका थिए ।
मन्त्रालय एउटा कुनै संगठनको छायाँमा पर्न नहुने बताउदै बोलाएर अपमानित गर्न खोजिएकोले यस बारेमा महासंघ केन्द्रमा कुरा गर्ने भन्दै आक्रोस ब्यक्त गरे ।
यसबारेमा सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्षको प्रतिकृया लिन खोज्दा कार्यक्रम जुन उद्देश्य राखेर आयोजना गरिएको थियो सो बमोजिम सञ्चालन नहुने देखिएकोले अन्य काममा आफु हिडेको बताए ।
यस्तै, राष्ट्रिय उद्योग ब्यापार संगठन सुर्खेतका अध्यक्ष सुर्य थापा विक्रमले समेत कार्यक्रममा अपमानित गरिएको भन्दै दुःख प्रकट गरे ।
यस बारेमा थप प्रतिकृया लिन खोज्दा आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख भुमिराम शर्माले आफुलाई असन्तुष्टि र बहिस्कार बारे जानकारी नभएको भन्दै पन्छिन खोजे ।

तपाईको प्रतिक्रिया