जीप दुर्घटना हुँदा तीनको मृत्यु, चार घाइते

सुर्खेत ।
बुधबार बिहान दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१५ राउटे गल्छेनामा आफै अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खस्दा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिका वडा नम्बर–६ को ५० बर्षिय देब बहादुर खड्का, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–३ को ४२ बर्षिय खड्क बहादुर बि.सी. र मृतक खड्क बहादुर बि.सी.को श्रीमती ३९ बर्षकी गोमा बुढाथोकि रहेका छन ।
घाइते हु्नेहरुमा सुर्खेत चिङ्गाड गाउँपालिका वडा नम्बर–६ को २७ बर्षकी चन्द्रा गाहा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–६, को ३८ बर्षिय नरे नेपाली गम्भिर घाइते भएका छन भने सुर्खेत चिङ्गाड गाउँपालिका वडा नम्बर–६ का ३७ बर्षिय दुर्गा बहादुर गाहा, सुर्खेत चिङ्गाड गाउँपालिका वडा नम्बर–६ को २८ बर्षकी को लक्ष्मी ज्ञवाली सामान्य घाइते भएका छन ।
हाल घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया