ट्याक्टरको ठक्करबाट दुईको मृत्यु, १ को अवस्था गम्भिर


  • सुर्खेत ।
    सुर्खेतको वीरेन्द्रनगरमा पछिल्लो समय दुर्घटनाको क्रम बढ्दै गएको छ । आइतबार साँझ मात्रै सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ दैलेखी चोक स्थित रत्न राजमार्गमा बजार बाट एयरपोर्ट तर्फ जाँदै गरेको भे १ त ८१७६ नम्बरकोे खालि ट्याक्टरले बिपरित दिशाबाट आउदै गरेको भे ३ प ७४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन ।


मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का यम बहादुर बि.क र सोही निवासी खगेन्द्र बि.क. रहेका छन भने गम्भिर घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ निवासी २५ बर्षिय तुल बहादुर रजाली रहेका छन ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का यम बहादुर बि.क र सोही निवासी खगेन्द्र बि.कको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्युु भएको हो भने गम्भिर घाइते भएका रजालीलाइ थप उपचारको लागी नेपालगंज रीफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले  ट्याक्टर चालक भेरीगंगा नगरपालिका वडा नम्बर ५ सुर्खेतका २१ वर्षिय गोपि बुढा र ट्याक्टर सहित मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ ।

हाल मृतकका आफन्तहरुले साेही स्थानमा टाएर बालेर आन्दोलन गरिरहेका छन ।

तपाईको प्रतिक्रिया