
सुर्खेत ।
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका गुर्भाकोट नगरपालीकाका २१ बर्षिय भरत सोनीको ज्यान बचाइदिन आफन्तले अपिल गरेका छन ।
बिगत दुर्इ बर्षदेखि उपचार गराउदा भएको जायजेथा सबै सकिएको हुदाँ उपचारमा समस्या भएको आफन्तले बताएका छन।
सम्पत्तिका नाममा भएको घर जग्गा समेत उपचारमा सकिएको भन्दै आफन्तले सबैसंग सहयोगको लागी अपिल गरेका हुन ।
दुर्इवर्ष अगाडी भारतमा काम गर्ने शिलशिलामा घरको छतबाट खस्दा उनलार्इ गम्भिर चोट लागेको िथयाे ।
सोनी अहिले घाटीदेखी तल्लोभाग नचल्ने अवस्थामा पुगेकाले झनै समस्या भएको छ।
परिवारले उनलाइ भारतका विभिन्न शहरहरुमा उपचार गराउदा गराउदै ८/१० लाख भारु खर्च भईसकेको उनको आफन्तले बताएका छन ।
भएको सम्पत्ती पनि उपचारकै क्रममा सकिएकाे हुँदा उनलाई लाई बचाउँन आफुहरुसँग कुनै उपाय नभएको उनको आफन्त रमेश विष्टले बताए।
उनले भने, ‘पैसा नभएपछि घरमा ल्याउन बाध्य भएका छौ, थोरै भएपनि सहयोग जुटाइदिन सवैलाई अनुरोध गर्छु।’
सहयोगको लागी विभिन्न निकाय सम्म पुग्दा समेत आफुहरुको समस्या प्रति कसैले चासो नदेखाएको उनले बताए।
सहयोगका लागि ९८६३१५३४१६ मा सम्पर्क गरी सहयोग गरिदिन उनले सवैमा अनुरोध गरेका छन ।


दर्शन खबर । ५ फाल्गुन २०७६, सोमबार