
सुर्खेत
वीरेन्द्रनगर नपा ६ स्थित जन नमुना माविका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत माघ १७ गते उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका पुर्व डिन एवम नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।
युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न रुपा बोगटीको संयोजकत्वमा ११ सदस्यीय युवा मानव अधिकार समुह गठन पनि गरिएको छ । समुहको सदस्यहरुमा जमुना बिक, बिष्णु श्रीसमगर, मेनुका बडुवाल, अर्चना भट्टराई विनिता थापा, दुर्गा विसी, हिमाल घर्ती भीमप्रसाद चौलागाई, दीपेन्द्र बुढा र विक्रम खत्री रहेका छन ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले कार्यक्रमको शुभारम्भ गर्दै बर्तमान अवस्थामा मानव अधिकारको संरक्षण सम्बद्र्धनका लागि युवाहरुलाई परिचालन गर्न अपरिहार्य रहेको बताउनु भयो ।


दर्शन खबर । १७ माघ २०७६, शुक्रबार