
सुर्खेत ।
शुक्रबार विहान सुर्खेतको वीरेन्द्रनगर–११ मा ट्रक र ट्याक्टर एक आपसमा ठोक्किदा ट्याक्टर चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–११ गंगा पेट्रोल पम्प नजिक सुब्बाकुना बाट वीरेन्द्र नगर बजार तर्फ आउदै गरेको लु १ ख ७६७० नम्बरको ट्रक र बिपरीत दिशा तर्फ जादै गरेको भे १ त ७५८९ नम्बरकोे ट्याकटर एक आपसमा ठक्कर खादा ट्याकटर चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेत वीरेन्द्रनगर–१२ का ३४ बर्षीय ट्याक्टर चालक प्रेम कार्कीको प्रदेश अस्पताल सुर्खेतमा उपारको क्रममा मृत्यु भएको हो भने दुर्घटनामा परी घाइते बनेका ट्याक्टरका सह–चालक जाजरकोट जुनिचाँदे गाउँपालिका –२ का ३२ बर्षियकृष्ण बहादुर शाहिलाई उपचारका लागि प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि लखनौ रिफर गरिएको छ ।
रुपन्देही तिलोतम नगरपालिका –१६ का २३ ट्रक चालक श्यामप्रसाद थारु र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी रबी रावलले जानकारी दिए ।


दर्शन खबर । १७ माघ २०७६, शुक्रबार