राजधानीमा टिप्पर आतङ्क, टिप्परले किच्दा घटना स्थलमै एकको मृत्यु

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर आतङ्क बढ्दै गएको छ । मंगलबार वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा घटना स्थलमै मृत्यु भएको हो ।

वीरेन्द्रनगर १ बाङ्गेसिमलबाट ढुङ्गा लिएर वीरेन्द्रनगर–६ मंगलगढी चोक तर्फ आउदै गरेको भे १ ख २२४२ नम्बरको टिप्परले वीरेन्द्रनगर–३ गौतम चौकमा भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

 

मोटरसाईकललाई ठक्कर दिए लगत्तै टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले टिप्पर चालक वीरेन्द्रनगर ११ पदमपुरका २५ वर्षीय राजकुमार बोहोरालाई र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।


तपाईको प्रतिक्रिया