वीरेन्द्रनगर नगरपालिका थाल्यो, महिला स्वरोजगार अभियान

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तालिम प्राप्त घरेलु महिलालाई स्वरोजगार बनाउने अभियान शुरु गरेको छ । तालिम गरेर पनि घर बस्दै आएका महिलालाई स्वरोजगार बनाउन नगरपालिकाले सो अभियान सुरु गरेको हो ।
महिला स्वरोजगार कार्यक्रम अन्तर्गत शुरु भएको ढाका तथा घरेलु कपडा बुनाई उत्पादन तालिमको नगर प्रमुख देवकुमार सुवेदीले बिहीबार उद्घाटन गरे ।
उपप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको सो तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल लगाएत नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया