कर्णाली प्रदेशमा एक वर्षको अवधिमा २२ हजार बाह्य पर्यटक भित्रीए

एयकतभम यलस् ९ बैशाख २०७६, सोमबार
कर्णाली प्रदेशमा एक वर्षको अवधिमा करिव २२ हजार बाह्य पर्यटक भित्रीएका छन् ।
उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले आईतवार एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । भौगोलिक विकटता रहेको कर्णाली प्रदेशमा मन्त्रालयको जनचाहाना अनुरुप पर्यटन क्षेत्र सधुारका लागी विभिन्न खालका कार्यक्रम तयार गर्नु पनि कर्णाली रारा पर्यटन वर्षको सकारात्मक उपलब्धि भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४÷७५ को तुलनामा २०७५÷७६ का ९ महिनामै १० दशमलव ८८ प्रतिशत देखिएको कर्णाली प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिं बुढाले बताउनुभयो ।
कर्णाली रारा पर्यटन बर्षको अवशरमा स्थानिय सरकार र प्रदेश सरकारको सहकार्यमा विभिन्न ५६ वटा अभियानहरु समेत संचालन गरिएको मन्त्री बुढाले जानकारी दिनुभयो । रारा कर्णाली भ्रमण वर्ष २०७५ कार्यक्रममा कुल ७८ लाख १६ हजार छयानब्बे रुपैँया खर्च भएको मन्त्री बुढाले बताउनु भयो । ऋवको केहि दिनमा कर्णाली प्रदेशमा रहेका पर्यटकिय गन्तवब्यहरुको पहिचान गरि १ सय १ पर्यटकिय गन्तब्यको घोषण समेत गर्ने तयारी गरिरहेको छ । कर्मचारिको अभावका कारण मन्त्रालयको कामकारवाहिमा असहजता भएको मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले बताउनु भयो ।


तपाईको प्रतिक्रिया