सिम्ताको सामुदायिक वनमा ३ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनबाट प्रहरीले ३ नाल घरेलु भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ।

मिति २०८३ असोज ११ गते साँझ करिब ५ बजे सालघारी सामुदायिक वन क्षेत्रमा बनमारा झारमुनि कालो छाताको कपडाले बेरेर राखिएको अवस्थामा बन्दुक रहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बादेपिपल, सुर्खेतबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २ नाल साबुत र १ नाल बेसाबुत गरी जम्मा ३ नाल घरेलु भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो।

फेला परेका बन्दुकहरू प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


तपाईको प्रतिक्रिया