कर्णालीमा भ्रष्ट्राचारविरूद्ध सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम गर्दै सिस्नुपानी 

सुर्खेत । नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन)ले कर्णालीका ६ जिल्लामा सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेठ महिनाको ७ गतेदेखि १५ गतेसम्म सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेसनलको संयुक्त प्रयासमा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ।

संस्थाले स्थानीय नगरपालिका कार्यक्रमको स्थानीय संयोजक रहने उक्त कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयहरु तथा स्थानीय साहित्यिक संघ संस्थाले पनि सहयोग र समन्वय गर्ने एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

पश्चिम रुकुम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, मुगुमा कार्यक्रम हुनेछ। सिस्नुपानी नेपाल विगत २८ वर्षदेखि अनवरत रूपमा सञ्चालनमा रहेका छन्। सिस्नुपानीले सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै दुई थोपा हाँसो, बा, छोरी, राष्ट्र तथा सिस्नुपानी देउसी जस्ता कार्यक्रमले गर्दै आएको छ।


तपाईको प्रतिक्रिया