नेपाली यू१९ टोली हङकङविरुद्ध २२६ रनले विजयी भएको छ । एक दिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलो जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार नेपालले २२६ रनको शानदार जित दर्ता गरेको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अगाडि बढेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा अलआउट हुँदै ७१ रनमै समेटिएको थियो ।
हङकङका कप्तान शिव माथुरले १६, अरेज दार र प्र्रित मोन्गुकियाले समान १४ रन बनाए भने नेपालका लागि दयानन्द मण्डलले चार, सिब्रिन श्रेष्ठ र अपराजित पराजुलिले समान दुई तथा सन्तोष यादव र नरेन भट्टले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो ।
शृंखलाका तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हुनेछ ।


दर्शन खबर । ३ पुष २०८१, बुधबार