
सुर्खेत । मेहलपानी कृषी तथा पशुपालन सहकारी सस्थाले २५ औं वार्षीक साधारण सभा सम्पन्न गरेको छ । मंसीर १५ गते शनीबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष मनिराम कँडेलको अध्यक्षता र वीरेन्द्रनगर नगरपालीका १४ नं. वडाका अध्यक्ष देव रोकायको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । वीरेन्द्य्रनगर १४ शुभकामना आमा समुह मेहेलपानीका प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतथि रोकायले सबैले सहकार्य गर्नको लागी सहकारीको स्थापना भएको भन्दै सबै मीलेर काम गरीयो भने सफलता मील्नेमा बिश्वास ब्यक्त गर्नुभयो । यस सहकारी कृषी तथा कृषकहरुलाई प्रोत्साहान गर्ने हुदाँ वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस्तै सभामा संस्थाका अध्यक्ष मनिराम कँडेलले संचालक समीतिको तर्फाबाट आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थीयो भने कोषध्यक्ष बिष्णु प्रसाद आचार्यले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो । यस्तै दुग्ध संकलन तथा वितरण उपसमीतिको संयोजक रविलाल भण्डारीले आव २०८०/०८१ दुग्ध संकलन तथा वितरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो ।
सहकारीले सदस्य तथा कर्मचारीहरुलाई प्रोत्साहनका लाग विभिन्नि वषियगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानति गर्दै आएको छ ।
यस बर्ष पनि साधारण सभामा सहकारीले शेयर सदस्यहरुलाई प्रोत्सान स्वरुप सम्मान गरेको छ । समान्नीत हुनेमा असल बचतकर्ता मा बालकुमारी थापा र तुलााराम भट्टराई रहेका छन् । यसैगरी असल ऋणी तुल्सी प्रसाद भट्टराई र कौशीला शाहि रहेका छन् । भने जेष्ठ सेयर सदस्य देउकला भट्टराईलाई दोसल्ला ओडाएर सम्मानीत गरीएको थीयो । त्यसैगरी कृषकहरुको प्रोत्सानको लागी बार्षीक सबै भन्दा धेरै दुध बिक्री गर्र्ने ३ जना कृषकलाई समेत सम्मान गरेको थीयो । सम्मानीत हुनेमा गोबिन्द भण्डारी (बार्षीक ८३८७ ली.),तुल्सी प्रसाद भट्टराई (बार्षीक ५२८७ ली.), भिम ढकाल (बार्षीक ५०९२ ली.) रहेका छन् । त्यसैगरी गुणस्तरीय दुध बिक्री गर्ने २ जना सदस्यलाई समेत सहकारीले सम्मानीत गरेको छ । जसमा तिर्थराज भट्टराई (६.७%फ्याट) र ईन्द्रा पौडेल (५.२%फ्याट) रहेका छन् । त्यसैगरी पाडा पाडी हुर्काउने तिन जना सदस्यहरु तुल बहादुर नेपाली, भत्तबिर रास्कोटि र पबित्ता भण्डारीलाई समेत सम्मान गरीएको थीयो ।


दर्शन खबर । १५ मंसिर २०८१, शनिबार