चलचित्र “एकादेशको कथा” को गीत घन्काइदेउ मादलु ( भिडियाे सहित )

कार्तिक ८, सुर्खेत । चलचित्र एकादेशको कथा मा समावेश गरिएको चर्चित गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक गरिएको छ । ओ.एस.आर. म्युजिक मार्फत सुर्खेतमा छायांकन गरिएको चलचित्रको यो गीत रिलिज गरिएको हो ।
नेपालकै चर्चित लोक दोहोरी गायिका टीका पुन र शिव संगीतको स्वरमा रहेको यो गीतमा नायक धिरेन शाक्य, मोडेल तथा कलाकार शंकर वि.सी., गौरभ पहारी, दिपाशा बिसि, सीता भण्डारी, यामनाराण आचार्य लगायतले अभिनय गरेका छन् ।
नेपालकै लोकपृय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेलको रचना तथा नृत्य निर्देशक कुलमान नेपालीको संगीत रहेको यो गीत फाष्ट विट तथा झ्याउरे भाकामा रहेको छ । चलचित्रका निर्माता भरत चन्द र यामनारायण आचार्य रहेका छन् ।


तपाईको प्रतिक्रिया