
दाङ । दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
तिहारको समयमा राखिएको झिलिमिली बत्ती निकाल्ने क्रममा आज बिहान करेन्ट लागेर उनी अचेत भएका थिए । उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
झिलिमिली बत्ती निकाल्ने क्रममा किशोरको बाया हात र दाया खुट्टामा करेन्ट लागेको थियो ।


दर्शन खबर । २१ कार्तिक २०८१, बुधबार