प्रथम खुल्ला फुटबल तथा बि डिभिजन ब्याटमेन्टन कप हुदै

सुर्खेत । वीरेन्द्रनगरमा ‘प्रथम खुल्ला फुटबल तथा बी डिभीजन ब्याटमेन्टन कप’ आयोजना गर्ने भएको छ ।
वीरेन्द्रनगर नगरपालीका २ नम्बर वडाको आयोजना तथा सामाजिक बिकास युवा क्लव को समन्वयमा बिजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर मा ‘प्रथम खुल्ला फुटबल तथा बी डिभीजन ब्याटमेन्टन कप’ हुनलागेको हो ।
असोज १३ गतेदेखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ५० हजार, २५ हजार रुपैयाँ र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
ब्याटमेन्टन तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार रुपैयाँ र ५ हजार नगद सहित प्रमाणपत्र पाउने सामाजिक बिकास युवा क्लवले जनाएको छ ।
खेलमा सहभागि खेलाडिहरु मध्यवाट राम्रो खेल्ने खेलाडिलाई म्यान अफ द म्याच घोसित संगै ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा सहभागी हुन इच्छुक टिमहरुले असोज ६ गते देखी ११ गते भीत्र टिम दर्ता गरिसक्नु पर्नेछ । फुटबलको लागी ५ हजार १ सय र ब्याटमेन्टनको लागी १ हजार दर्ता शुल्क तोकीएको छ ।

तपाईको प्रतिक्रिया