खोलाले बगाउँदा  जाजरकोटका ६ वर्षीय बालक बेपत्ता

जाजरकोट । जाजरकोटमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन। जिल्लाको नलगाड नगरपालिकामा ३ कैना बस्ने ६ वर्षीय मोहन थापा झुप्रे खोलाले बगाउँदा बेपत्ता भएका छन्। प्रहरीका अनुसार बालक बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएको बेला खोलाले बगाएको हो। मोहन थापा स्थानीय कैन बजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका एक्लो छोरा हुन्।

घटनापछि प्रहरी र स्थानीय बासिन्दाले बालकको खोजी सुरु गरेका छन्। वडा नं ४ का वडा अध्यक्ष बद्री पन्तले बालक बगेको स्थानबाट करिब १–२ किलोमिटरको दूरीसम्म खोजी गर्दा पनि बालक फेला नपरेको जानकारी दिनुभयो। थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया