सुर्खेतमा एक महिलाको बेवारिसे शव फेला

सुर्खेत । सुर्खेतमा एक महिलाको बेवारिसे अवस्मा शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोलाको किनारमा आज अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको हो ।

प्रहरी टोलीले शव त्यहाँबाट उठाएर पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विक्रम विश्वकर्माले बताए ।

उनले शवको प्रकृति हेदा वर्षाको भेलले अन्त्यैबाट बगाएर झुप्रा खोलाको किनारमा ल्याएको हुन सक्ने अनुमान गरिएको जनाए ।
शनाखतका लागि विभिन्न निकायसँग पहल भईरहेको उनको भनाइ छ ।

यसअघि आज दिउँसो स्थानीयले झुप्रा खोलाको किनारमा वेवारिस महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको वीरेन्द्रनगर–११, का वडाध्यक्ष श्यामप्रसाद देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया