बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन पूर्व प्रधानमन्त्री हसिनाको आह्वान


बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।

डा. मोहम्मद युनुसको अध्यक्षतामा हिजो बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको हो ।

ढाका ट्रिब्युनका अनुसार डा.युनुसको अन्तरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्ट १५ तारिखको सार्वजनिक बिदाको निर्णय रद्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उहाँको परिवारका धेरै सदस्यको हत्या गरेको थियो ।

यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो ।

तपाईको प्रतिक्रिया