घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४०रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया