सीग्मा मन्टेश्वरीको १४ औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह  

सुर्खेत । सीग्मा मन्टेश्वरी एण्ड चाएल्ड केयर सेन्टरको १४ औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । वीरेन्द्रनगर ७ ईत्राममा अवस्थीत यस सीग्मा मन्टेश्वरीले प्रत्येक वर्ष झै यसपाली पनि आफ्नो १४ औं वार्षिक उत्सव तथा अभीभावक दिवस मनाएको हो ।
शनीबार जिल्ला समन्वय समीतिको हलमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाउनुका साथै कक्षा युकेजी उत्तीणर् विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख निलकन्ठ खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थीयो । कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका संचालक हरिस पाण्डेले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । विद्यालयले वर्ष भरि सिकाएका गतिविधि देखाउने अवसरका रूपमा अभिभावक दिवसलाई आफूले लिएको बताए। उनले अभिभावकहरूको निरन्तरको साथ र सहयोगकै कारण विद्यालयले १४ औँ वर्ष पार गर्न सफल भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालीकाका उप प्रमुख निलकण्ठ खनालले आमन्त्रणका लागि धन्यवाद दिँदै १४ औँ वार्षिकोत्सवका अवसरमा मन्टेश्वरी परीवारलाई शुभकामना दिँदै योे भन्दा अझै बढी सफलताको शुभकामना दिए । साथ उनले दीक्षित हुँदै गरेका बालबालिकाहरूको सुन्दर भविष्यको लागि शुभकामना पनि दिए। उनले नगरपालिका भित्रका बालबालिकाको हितका लागि सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि सँगै हुने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी सभापति सीग्मा मन्टेश्वरीकी प्र.अ. अम्बिका आचार्यले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन् । उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरिन्। दीक्षित भएर जाने विद्यार्थीहरूलाई शिक्षा र संस्कारको राम्रो जग आफुहरुले बसालिदिएको हुँदा उनीहरू आगामी दिनमा पक्कै सफल हुनेछन् भन्ने विश्वास सहित कार्यक्रम समापन गरिन्।
साथै सिग्मा मन्टेश्वरीको वार्षिक उत्सव पूर्व सन्ध्यामा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सिग्मा परिवारले बिद्यार्थीद्वारा संकलित मुठ्ठीदान मानवसेवा आश्रम सुर्खेतलाई सहयोग गर्नुको साथै चिया खाजा कार्यक्रम समेत गरेको छ ।

तपाईको प्रतिक्रिया