
सुर्खेत, २८ असोज ।
लेकवेशीलाई कृषी हबको रुपमा विकास गरिने भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसिले बताउनु भएको छ ।
मंगलवार साना किसान कृषी सहकारी संस्था लेकवेशी नगरपालिका वडा नम्वर ९ चौरासेको वार्षीक साधारण सभा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी मन्त्री केसिले लेकवेशीलाई कृषीको पकेट क्षेत्रको रुपमा समेत विकास गर्नका लागी सहकारीहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । बाख्रापालनको लागी जिल्लाकै उत्कृष्ट भौगोलिक बनावट भएको भन्दै उहाँले कृषकहरुलाई बाख्रापालनमा प्रोतसाहान गरिने बताउनुभयो । लेकवेशीका युवाहरुले डिग्रीको प्रमाणपत्रलाई कृषी उत्पादनमा लगाउनुपर्ने बताउनुभयो । विगतका वर्षहरुमा प्रदेश सरकारले सम्भाब्यता अध्ययन नगरि कार्यक्रम लागु गर्दा प्रभावकारी हुन नसकेको भन्दै अवका दिनमा प्रदेश सरकार र स्थानिय सरकारले सम्भाब्यता अध्ययन गरेर मात्र कार्यक्रम लागु गर्ने बताउनुभयो । कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले नगरपालिकाले यस वर्षलाई कृषी अभियानको बर्षको रुपमा लिएको भन्दै सवै कृषकहरुका लागी प्रोतसान गरि कृषी पेशामा टिकाई राख्ने खालका कार्यक्रम संचालन गर्ने बताउनुभयो । यस्तै लेकवेशी नगरपालिकाका उपप्रमुख शान्ती कुमारी छन्तेलले लेकवेशीलाई कृषीको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । कृषकको आवश्यक्ता अनुसार विभिन्न प्रकारका अनुदान समेत प्रदान गरिने उहाँले बताउनुभयो । साना कृषी सहकारी संस्थाले लेकवेशीका कृषककोहरुको आय स्तर वृद्धीका लागी महत्वपुर्ण योगदान गरेको भन्दै प्रसंसा समेत गर्नुभयो । लेकवेशी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष मान बहादुर खड्लुकले सहकारीहरू संगको समन्वयमा कार्यक्रम संचालन गरिने बतायनुभयो ।
संस्था स्थापना भए पश्चात अहिले सम्म संस्थाले कुल २१ करोड २९ लाख ६९ हजार २ सय रुपैयाँको कारोबारो गरेको संस्थाका प्रवन्धक हरी पौडेलले बताउनुभयो । सुत्केरी पोषण कार्यक्रम , अर्गानीक कृषी उत्पादनमा जोड लगाएग २१ वटा कार्यक्रम प्रस्ताव गरिएको प्रवन्धक पौडेलले बताउनुभयो ।
संस्थाले विभिन्न उत्कृष्ट कृषक जेष्ठ नागरिक सेयर सदस्य तथा पत्रकार युवराज पंगालीलाई सम्मान समेत गरेको छ । संस्थाले कृषकहरुलाई हौसला प्रदान गर्नका लागी कृषी संग सम्वन्धीत विभिन्न औजारहरु पनी प्रदान गरेका छ ।


दर्शन खबर । २८ आश्विन २०७६, मंगलवार