
सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय समुदाय तथा जनप्रतिधिहरुलाई विपत सम्बन्धी तालिम दिन सुरु गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका तथा श्री नयाँ सवुज गणको सहकार्य तथा समन्वयमा संचालित सामुदायिक विपत प्रतिकार्य –२०७६ तालिम दिन सुरु गरिएको हो ।
तालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले विपतको बारेमा सबैभन्दा पहिला स्थानीयले थाहा पाउने भएकालेनै स्थानीय समुदाय तथा जनप्रतिधिहरुलाई यस्तो प्रकारको तालिम दिन लागिएको जानकारी दिए ।
उनले भने, ‘समुदायमा कुनै प्रकारको विपत्ति आई परेमा विपत्तिको सामना गर्नुका साटो उल्टो उच्छृङ्खल ब्यवहार प्रदर्शन गरि सेना, प्रहरी तथा विपत उद्दार टोलीको भर पर्ने गर्छौ, त्यसैले आफ्नो तर्फबाट आफुले गर्न सक्ने विपत प्रतिको सामना आफैलेनै गर्नु पर्दछ ।’
उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाले यस्तो प्रकारको तालिमहरु यस भन्दा पहिला पनि सञ्चालन गरेको र उक्त तालिममा सहभागी भएका ब्यक्तिहरुबाट विपत प्रतिको सामना गर्नमा कुनै पनि प्रकारको परिवर्तन देखिएको छैन ।
यस्तै नयाँ सवुज गणका गणपति झुलेन्द्र विक्रम बस्नेतले विपतको बेलामा सुरक्षा फौजको भर पर्नु भन्दा पनि स्थानीयनै विपको सामना गर्नमा अग्रसर बन्नु पर्ने भएको हुँदा स्थानीयलाई विपत प्रतिकार सम्बन्धिको तालिम दिन जरुरी रहेको बताए ।
उनका अनुसार प्रत्यक वडाका तीन÷चार जनाले मात्रै भएपनि यस्तो प्रकारको तालिम लिएपछि विपतका कारण जो–कोही ब्यक्तीको जीवन गुम्नबाट बच्न सक्नेछ ।
बस्नेतले भने, ‘ नेपाली सेनाको तर्फबाट नयाँ सवुज गणले जिल्लाको सम्पूर्ण स्थानीय तहहरुमा यस्तो प्रकारको विपत प्रतिकार सम्बन्धिको तालिम दिइनेछ ।’
उनका अनुसार तालिम अबधीभरमा जलबाट, आगलागिबाट, भुक्षयबाट र बाढी पहिरोबाट कसरी आफ्नो परिवार समाजलाई बचाउन सकिन्छ भन्ने विषयमा आधारभुत जानकारी दइनेछ ।
नयाँ सबुज गणले विगतका दिनहरुमा विपतबाट बढी प्रभावित क्षत्रहरुमा विभिन्न प्रकारका अभ्यासहरु समेत सञ्चालन गरि सकेको उनले जानकारी दिए ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले विपत पहिलाको सन्दर्भमा होस या विपत पछिको प्रतिकार्यमाहोस आफुनै प्रशिक्षित हुनुपर्ने हुँदा नेपाली सेनाको यसोसियसनमा विपत सम्बन्धित विज्ञहरुको टोली मार्फत यो तालिम सञ्चाल गर्नु आवश्यक रहेको बताए ।
२०७६ साल असोज २७ गते देखि सुरु भएको तालिम असोज ३० गते सकिनेछ भने तालिममा स्थानीय क्लवहरुको प्रतिनिधि, विपतबाट विस्थापित तथा जनप्रतिनिधिहरु लगायतको सहभागता रहेको छ ।



दर्शन खबर । २७ आश्विन २०७६, सोमबार